मध्यम वर्ग लक्षित सामसङको ग्यालेक्सी जे४ नेपाली बजारमा
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले जे सिरिज अन्तर्गत ग्यालेक्सी जे४ स्मोर्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । सामसङका विशेष फिचरहरु रहेको, ग्यालेक्सी जे४ फोन मध्यम वर्गका समुहलाई टार्गेट गरिएको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी जे४ फोन यूनिक एडभान्स मेमोरी म्यानेज्मेन्टको साथ उपलब्ध रहेको छ । यस सुविधाबाट तस्वीर एवं भिडियोहरु एवं सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् । साथै यस सुविधाले सोसल मिडिया म्यासेन्जरमा प्राप्त भएको तस्वीरहरुको कपी तस्वीरहरुको पहिचान गरी हटाउन सक्छ ।
जे४मा मिलाउन सकिने एलईडी फ्ल्यास रहेको छ, जसले गर्दा उज्यालोको अवस्थालाई हेरी फ्ल्यास लाइट निर्धारण गर्न सकिन्छ । ग्यालेक्सी जे४ १३एमपी रियर क्यामरा को साथ एफ १.९ अपार्चर रहेको छ । जे४ २ जीवी र १६ जीवीमा र ३ जीवी र ३२ जीवी मेमोरिमा उपलब्ध रहेको छ ।
आइएमविजका प्रमुख प्रणय रत्न स्थापितले “ग्राहकहरुको चाहना एवं आवश्यकतलाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएको र फलस्वरुप जे४ मा जल्दो बल्दो एवं नवीनतम प्रविधि भएको बताए । यसको नेपाली मूल्य १७२९० तथा २०६९० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
-
भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले ३ वर्ष ५ महिनासम्म आफूखुसी भाडामा लगाएको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण