टाटाको एस स्पेसियल एप्लिकेसन नेपालमा
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ले “गो ग्रिन टु किप इट क्लिन” भन्ने नारा सहित “टाटा एस स्पेसियल एप्लिकेसन” नेपालमा ल्याएको छ ।
एक समारोहको आयोजना गरी सिप्रदीले टाटा एस का एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काईलिफ्ट, एस कन्टेनर र एस रेफ्रिजिरेटर भ्यान गरि ५ ओटा विशेष एप्लिकेसन को भिडियो मार्फत प्रदर्शन गरेको थियो ।
एस हुपर टिप्परले नगरपालिकाको फोहोर संकलन तथा ब्यवस्थापनलाई सहज बनाउँछ । त्यसैगरी एस स्किप लोडर ले कुनै पनि कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घर को फोहोर संकलन तथा ब्यवस्थापन गर्न अत्यन्त सहज बनाउँछ ।
त्यस्तै, एस स्काईलिफ्ट ले उचाइमा गर्नु पर्ने काम हरुलाई डबल बुम मार्फत सजिलो बनाउँछ । भने कुरियर तथा अन्य सामाग्रीलाई आधिकारिक ठाउमा पुर्याउन एस कन्टेनरले मद्दत गर्छ । त्यस्तै एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नु पर्ने सामानहरुको ओसार पसार सहज बनाउँछ ।
समारोहमा सिप्रदी ट्रेडिङ्गका सिईओ राजनबाबु श्रेष्ठ लगायत टाटाका लागि सार्क राष्ट्रका क्षेत्रिय प्रबन्धक आशिफ समिम, नेपाल र भुटानका बिजिनेस अपरेसन प्रमुख, बोध प्रकाश मुखिया, नेपालका क्षेत्रिय प्रबन्धक तुसार गुप्ता लगायत अन्य थुप्रै टाटा संग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
-
भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले ३ वर्ष ५ महिनासम्म आफूखुसी भाडामा लगाएको खुलासा
-
निर्वाचनमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको सांसद राजीव खत्रीको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण