कांग्रेसले ९ क्षेत्रमा अझै टुङ्ग्याउन सकेन उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, १३ : ३६
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ९ क्षेत्रका उम्मेदवार टुङ्ग्याउन सकेको छैन । सभापति गगन थापाको सचिवालयले रातोपाटीलाई उपलब्ध गराएको सूचीमा ९ क्षेत्रमा उम्मेदवार टुङ्ग्याउन बाँकी छ ।
प्राप्त सूचीअनुसार कैलालीको क्षेत्र नम्बर ४ मा टुङ्गिन बाँकी छ । पार्टीका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई टिकट दिने तयारी गरिए पनि उनले नलड्ने बताएपछि त्यो क्षेत्रमा अझै उम्मेदवार टुङ्गिन सकेको छैन ।
त्यस्तै काठमाडौँका १० मध्य ४ क्षेत्रमा उम्मेदवार टुङ्गिन बाँकी छ । काठमाडौँ १, २, ६ र ७ उम्मेदवार टुङ्गिन बाँकी रहेको सचिवालयले पठाएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै चितवन १, मुस्ताङ १, सर्लाही ४ र पर्सा २ मा उम्मेदवार टुङ्ग्याउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण