बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठको मनोनयन दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १६ : १२
मङ्गलबार, ०६ माघ २०८२

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्जसमेत रहेका पूर्वकानुन मन्त्री लीलानाथ श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

श्रेष्ठले मंगलबार सदरमुकाम सिरहा स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

श्रेष्ठ यसअघि २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

लामो समयदेखि राजनीति र सामाजिक अभियानमा सक्रिय रहेका श्रेष्ठ अबल र अनुभवी नेताका रूपमा सिरहामा परिचित छन् ।

लिलानाथ श्रेष्ठ सिरहाको गोलबजार नगरपालिका–७ स्थायी बासिन्दा हुन् । आफ्नै क्षेत्रबाट पुनः उम्मेदवारी दिएसँगै सिरहा–३ मा निर्वाचनको माहोल थप रोचक बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप