निर्वाचनका लागि भारतको सहयोग : ६० भन्दा बढी पिकअप गाडी गृहमन्त्रीलाई हस्तान्तरण
सारांश
- भारतले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाललाई चुनावी सहयोग हस्तान्तरण गरेको छ।
- पहिलो चरणमा ६० भन्दा बढी गाडी र अन्य सामग्री दूतावासका कार्यवाहक राजदूतले गृहमन्त्रीलाई हस्तान्तरण गरे।
- नेपाल सरकारको अनुरोधमा भारतले ६५० वटा सवारीसाधन दिने र यसअघि पनि सहयोग गरेको जनाएको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि भारत सरकारले नेपाललाई पहिलो चरणको चुनावी सहयोग हस्तान्तरण गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बिच काठमाडौँस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई ६० वटाभन्दा बढी ‘डबल–क्याब’ पिकअप गाडी र अन्य आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारले आसन्न निर्वाचनका लागि गरेको अनुरोध अनुसार भारतले उपलब्ध गराउन लागेको करिब ६५० वटा सवारीसाधन मध्ये यो पहिलो खेप हो । बाँकी गाडीहरू आगामी केही हप्ताभित्रै विभिन्न चरणमा नेपाल आइपुग्ने भारतीय दूतावासले जनाएको छ ।
सहयोग ग्रहण गर्दै गृहमन्त्री अर्यालले भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन् । उनले यस सहयोगले निर्वाचनको तयारी र व्यवस्थापनमा ठुलो मद्दत पुग्ने बताउँदै नेपाल र भारतबिचको गहिरो र बृहत् सम्बन्धको प्रशंसा गरे ।
सन् २००८ देखि नै भारतले नेपालको निर्वाचनमा निरन्तर सहयोग गर्दै आएको छ, जस अन्तर्गत हालसम्म निर्वाचन आयोग र विभिन्न मन्त्रालयहरूलाई करिब २४ सय सवारीसाधन उपहार स्वरूप प्राप्त भइसकेका छन् ।
भारतीय दूतावासले यो सहयोग दुई देशबिचको बहुआयामिक विकास साझेदारीको प्रतिबिम्ब मात्र नभई दुई देशका जनताबिचको अटुट विश्वास र मित्रताको प्रतीक भएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण