दार्चुलामा ११ जनाले गराए उम्मेदवारी दर्ता
धनगढी । दार्चुलामा आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ११ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
आगागी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । यहाँ नेकपा एमालेबाट गणेश ठगुन्ना, नेपाली कांग्रेसबाट धर्मानन्द जोशी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लक्ष्मणदत्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेश सिंह समान्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्दले पनि उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।
यस्तै अन्य दलहरू संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च पार्टीबाट गगन ठगुन्नाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट नवराज भट्ट, आमजनता पार्टीबाट प्रेमसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट विद्यादेव जोशीले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् । दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण