कांग्रेसले प्रत्यक्षमा उठायो ११ महिला उम्मेदवार
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ जना महिला उम्मेदवार बनाएको छ।
- गगन थापाले प्रत्यक्षतर्फ ११ महिलालाई उम्मेदवार बनाएका हुन्, जसमा ६ जना पार्टी केन्द्रमा राजनीति गरेका छन्।
- उम्मेदवारहरू मध्ये प्रसाईं, यादव, थिङ, उपाध्याय, राजभण्डारी र थापा मगर पूर्वसांसद पनि हुन्।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ महिला उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले ११ महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका हुन् ।
उम्मेदवार बनेका मध्य ६ जना पार्टीको केन्द्रमा राजनीति गरेका छन् । निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, तथा पार्टीको केन्द्रीय समितिमा काम गरेकाहरू सरिता प्रसाई, सुशीला थिङ, किरण यादव, सपना राजभण्डारी, नानु बास्तोला छन् । ११ जनामध्य प्रसाई, यादव, थिङ, उपाध्याय, राजभण्डारी र कुसुमदेवी थापा मगर पूर्वसांसद पनि हुन् ।
निवर्तमान संसद्मा थिङ कांग्रेसको सचेतक थिइन् भने थापा मगर प्रतिनिधिसभाको कृषि समिति सभापति थिइन् ।
यी हुन् कांग्रेसका महिला उम्मेदवार-
१ झापा २ सरिता प्रसाईं
२ झापा ५ मन्धरा चिमरिया
३ महोत्तरी ३ किरण यादव
४ सिराहा ४ चन्द्रकलाकुमारी यादव
५ सिन्धुली २ सुशीला थिङ
६ मकवानपुर १ महालक्ष्मी उपाध्याय ‘डिना’
७ काठमाडौँ ८ सपना राजभण्डारी
८ काठमाडौँ ९ नानु बास्तोला
९ चितवन २ मिनाकुमारी खरेल
१० रुकुमपूर्व कुसुमदेवी थापा मगर
११ दैलेख १ वासना थापा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण