बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कैलाश सिरोहियाको घर आगजनी र लुटपाटमा संलग्न ६ जना पक्राउ

मङ्गलबार, ०६ माघ २०८२, २२ : ०२
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । कन्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको घर आगजनी र लुटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेनजी प्रदर्शन हुँदा भदौ २४ मा उच्छृङ्खल समूहले काठमाडौँको मण्डिखाटारस्थित सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

लुटमा संलग्न आरोपमा पक्राउ पर्नेमा धादिङ घर भएका ३४ वर्षीय गोपाल थापा, गोरखा घर भएका २४ वर्षीय रोजिस घिमिरे, धनकुटा घर भएका ३१ वर्षीय प्रज्वल रागु, काठमाडौँ घर भएका ३५ वर्षीय विवेक थापा, ३६ वर्षीय सुजन डंगोल र लमजुङ घर भएका २८ वर्षीय मविन गुरुङ छन् ।

प्रदर्शनको क्रमा घरमा छिरेर उनीहरूले सुन चाँदीका गहना र क्यामेरा लगायतका सामान लुटेर आगजनी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उच्छृङखल गतिविधिमा संलग्नहरूलाई आइतबार पक्राउ गरेर ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आरोपीहरूविरुद्ध काठमाडौँ प्रहरीले आपराधिक उपद्रव गर्न नहुने र चोरीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप