खोटाङमा अर्थ विश्लेषक हरि रोकाको उम्मेदवारी : हलो–कोदालो चलाउने किसानको आवाज बन्ने उद्घोष
सारांश
- अर्थ विश्लेषक हरि रोकाले खोटाङबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन्।
- उनले किसानहरूको मुद्दा उठाउन र उनीहरूकै आवाज बुलन्द पार्न चुनावी मैदानमा उत्रिएको बताए।
- खोटाङमा रोकासहित १३ जनाको उम्मेदवारी परेको छ, जसमा कांग्रेस र एमालेका उम्मेदवारहरू पनि छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट अर्थ विश्लेषक हरि रोकाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका रोकाले आफू किसानहरूको मुद्दा ओझेलमा परेकाले उनीहरूकै आवाज बुलन्द पार्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। विगत चार वर्षदेखि गाउँमै बसेर कृषि कर्ममा सक्रिय रोकाले उम्मेदवारी दर्तापछि आफू अहिले पनि किसान नै रहेको र कृषककै पक्षमा काम गर्ने प्रतिबद्धता जनाए।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा रोकासहित कुल १३ जनाको उम्मेदवारी परेको छ। जसमा दुई जना स्वतन्त्र र ११ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेका छन्। जिल्लामा मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका ठूला दलहरूमध्ये नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा (एमाले) बाट देवविक्रम राईले उम्मेदवारी दर्ता गराएका छन्।
बौद्धिक व्यक्तित्व र अर्थ विश्लेषकका रूपमा चिनिएका रोकाको उम्मेदवारीले खोटाङको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। गाउँमै हलो–कोदालो चलाएर बसेको व्यक्ति नै उम्मेदवार बनेपछि स्थानीय किसानहरू माझ यतिबेला उनको उम्मेदवारी चर्चाको विषय बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण