शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्याग्दीमा १३ उम्मेदवारको मनोनयन

बुधबार, ०७ माघ २०८२, ०३ : ४५
बुधबार, ०७ माघ २०८२

म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सदरमुकाम बेनीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आयोगले तोकको समयसिमा भित्र उम्मेदवारले मनोनयन दर्ता गराएका सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी घर भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका महावीर पुनले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन् । पुनसँगै स्वतन्त्रबाट नविन जिसीले समेत उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा ९एमाले० बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगर, नेकपा ९माओवादी० बाट क्षेत्रबहादुर घिमिरे, राप्रपाबाट डम्बरबहादुर सुवेदी, श्रम संस्कृति पार्टीबाट विनोद राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विश्वकर्मा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी र नेशनल रिपब्लिक नेपाल पार्टीबाट तुलप्रसाद गर्बुजाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगले गरेको निर्णय बमोजिम उम्मेदवारहरुले शान्तपूर्वक मनोनयन दर्ता गराएका छन् । आगामी निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप