३ वटा अध्यादेश ल्याउन सहयोग नभएपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ : महावीर पुन
सारांश
- निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा सुधारका लागि अध्यादेश ल्याउन नसकेपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्।
- उनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय बनाउने प्रस्ताव गरेका थिए।
- अध्यादेश र मन्त्रालय गठनको प्रस्ताव अस्वीकृत भएपछि पुनले म्याग्दीबाट चुनाव लड्ने निर्णय लिएका हुन्।
काठमाडौँ । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गरे। राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकार गरेको भए आफूमा यो निर्वाचनमा लड्ने मनसाय नै नभएको उनको भनाइ छ ।
“शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो। तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन,” पुनले बुधबार सामाजिक सञ्जालमार्फत भने।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाट पनि रोकिएको उनको आरोप छ। “छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा अल्झाइयो। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” पुनले भने।
त्यसपछि शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ। पुनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारप्रसार गर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण