मोरङका तीन क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीको उम्मेदवारी
बुधबार, ०७ माघ २०८२, १२ : १६
मोरङ। मोरङका तीन क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीको तर्फबाट उम्मेदवारी परेको छ । मंगलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुँदा मोरङ–२ बाट मनोज कुमार राजवंशी, क्षेत्र नम्बर–३ बाट भुवन कुमार वाग्ले र क्षेत्र नम्बर ५ बाट योगेन्द्र मण्डलको उम्मेदवारी परेको हो ।
अघिल्लो निर्वाचनमा मोरङ–२ ऋषिकेश पोखरेल, मोरङ–३ मा सुनिल शर्मा र मोरङ–५ मा स्वतन्त्र उम्मेदवारी दिएका अहिलेकै उम्मेदवार मण्डलले जितेका थिए ।
जनजिविकाका एजेण्डा बोकेर केहीअघि मात्रै राष्ट्रिय ऊर्जाशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको क्षेत्र नम्बर ३ का उम्मेदवार वाग्लेले बताए । उनले मनोनयन दर्तासँगै उम्मेदवारहरू प्रचार प्रचारमा सक्रिय भइरहेको जानकारी दिँदै समानुपातिकमा समेत बन्दसूची पेस भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण