आवश्यक परे कडा कदम चाल्न युरोप तयार छ– युरोपेली आयोगकी अध्यक्ष
डाभोस । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा स्थायी र कम्पन नै ल्याउने परिवर्तन आएको बताउँदै आवश्यक परे कडा कदम चाल्न युरोप तयार रहेको युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले स्पष्ट पारेकी छन् ।
स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चमा उनले यस्तो बताएकी हुन् । हालको विश्व व्यवस्थालाई उनले कच्चा शक्तिले परिभाषित संसारको संज्ञा दिँदै युरोपले अब आफ्नो स्वतन्त्रता र आत्मनिर्भरता बढाउन ढिलाइ गर्न नहुने बताएकी छन् ।
भोन डर लेयेनका अनुसार युरोपले नयाँ शक्ति–स्रोत र प्रभावका माध्यमहरू विकास गर्दै स्वतन्त्र निर्णय क्षमतामा जोड दिनु अत्यावश्यक भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अधिग्रहणको विषय उठाउँदै सुरक्षा कारण देखाएर थप भन्सार शुल्क लगाउने चेतावनी दिएको सन्दर्भमा उनले यस्तो कदम गलत भनेकी छन् ।
युरोपेली नेताहरूले बिहीबार बस्ने बैठकमा अमेरिकाको प्रस्तावित अतिरिक्त भन्सार महसुलप्रति साझा धारणा र प्रतिक्रिया तय गर्ने जानकारी पनि उनले दिइन् ।
युरोप संवाद र सहमतिलाई प्राथमिकता दिने पक्षमा रहे पनि आफ्ना हित र सार्वभौमिकतामाथि खतरा आए निर्णायक कदम चाल्न पछि नहट्ने उनको भनाइ छ । युरोपले संवाद चाहेको तर आवश्यक परे एकता, तत्परता र दृढताका साथ कारबाही गर्न पूर्ण रूपमा तयार रहेको पनि उनले बताइन् ।
उनका अभिव्यक्तिले पछिल्ला दिनमा अमेरिका–युरोप सम्बन्धमा बढ्दो तनाव झल्काएको विश्लेषकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण