अघिल्लो वर्षको तुलनामा बढ्यो कन्डम आयात
बुधबार, ०७ माघ २०८२, १७ : ०७
काठमाडौँ । ६ महिनामा २ करोड १८ लाख भन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८२ साउनदेखि पुससम्ममा १४ करोड १८ लाख ४५ हजार रुपैयाँको २ करोड १८ लाख ७८ हजार २९९ वटा कन्डम आयात भएको उल्लेख छ ।
उक्त परिमाणमा कन्डम आयात हुँदा ५ हजार रुपैयाँ भन्सार शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा १२ करोड ६२ लाख ५८ हजार रुपैयाँको १ करोड ७७ लाख ४० हजार २४९ वटा कन्डम आयात भएको थियो । उक्त परिमाणमा आयात हुँदा ४ हजार भन्सारमा राजस्व सङ्कलन भएको थियो ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको ६ महिनामा परिमाण र मूल्य दुवैअनुसार कन्डम आयात बढेको छ । परिमाण अनुसार ४१ लाख ३७ हजार ९८० वटाले बढी आयात भएको छ भने १ करोड ५५ लाख ८७ हजार रुपैयाँले आयात मूल्य बढेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण