फोटोन टुनल्यान्ड जी७ को युरोपमा ऐतिहासिक सफलता
काठमाडौँ । फोटोनको चर्चित पिकअप ‘टुनल्यान्ड G7’ ले युरोपेली बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ। कडा नियम र उच्च गुणस्तर मापदण्डका लागि चिनिने इटालीमा एकैपटक ४०० युनिटको अर्डर प्राप्त गर्दै यसले आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयता प्रमाणित गरेको हो।
गाडीका लागि विश्वकै कडा मापदण्ड हुने युरोपेली बजारमा पाएको यो सफलताले टुनल्यान्ड G7 को डिजाइन, इन्जिनको शक्ति, सुरक्षा र बलियोपन (टिकाउपन) उत्कृष्ट रहेको पुष्टि गर्छ। कम्पनीका अनुसार यो सफलता केवल परीक्षणका लागि नभई त्यहाँका ग्राहकले यसको प्रदर्शनलाई मन पराएर स्वीकार गरेको परिणाम हो।
युरोपमा प्रमाणित भएको र अत्यधिक रुचाइएको यही ‘टुनल्यान्ड G7’ अहिले नेपाली बजारमा पनि उपलब्ध छ। कम्पनीका अनुसार, नेपाली ग्राहकले पाउने गाडीमा कुनै सम्झौता गरिएको छैन। युरोपमा जुन गुणस्तर, सुरक्षा र प्रविधिको गाडी बिक्री भयो, नेपालमा पनि ठ्याक्कै त्यही (Same) मोडल उपलब्ध गराइएको छ।
नेपालको भौगोलिक बनावट र उकालो–ओरालो सडकका लागि बलियो गाडीको आवश्यकता पर्छ। अन्तर्राष्ट्रिय बजारमा कडा परीक्षण पास गरेको र युरोपियनहरूले विश्वास गरेको हुनाले, यो पिकअपले नेपालका कठिन सडकमा पनि भरपर्दो प्रदर्शन गर्ने विश्वास लिइएको छ। व्यापार व्यवसाय होस् वा दैनिक प्रयोग, यो गाडी हरेक कामका लागि उपयुक्त रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण