बाँकेमा एक जनाको उम्मेदवारी खारेज
सारांश
- बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि दर्ता भएका ६१ उम्मेदवारमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ।
- निर्वाचन क्षेत्र नम्बर ३ मा एउटै दलबाट दुई जनाको मनोनयन परेकोमा सहमतिपछि एक जनाको उम्मेदवारी खारेज गरियो।
- कान्तुराम गौतमको उम्मेदवारी खारेज गरिएको छ, भने अन्य क्षेत्रका उम्मेदवारी यथावत छन्।
नेपालगञ्ज । बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि दर्ता भएका कुल ६१ जना उम्मेदवारमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन तालिकाअनुसार मनोनयनपत्रमाथि जाँचबुझ र निर्णय गर्ने समयभित्र निर्वाचन क्षेत्र नम्बर ३ मा एउटै दलबाट परेका दुईमध्ये एक जनाको दर्ता खारेज गरिएको हो ।
जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा १६ जना, क्षेत्र नम्बर २ मा २२ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको मनोनयन दर्ता भएको थियो । जसमध्ये क्षेत्र नम्बर ३ मा एउटै दलबाट दुई जनाको मनोनयन परेको थियो ।
निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार दुई जना उम्मेदवारबिच भएको सहमतिअनुसार एक जनाको मनोनयन खारेज गरिएको हो । नेपाली कम्युनिस्ट पार्टीबाट कान्तुराम गौतम र दीपककुमार गौरी मगरको मनोनयन दर्ता भएको थियो । दुवै जनाले सहमति गरेर एक जनालाई आधिकारिता दिने निर्णय गरेपछि कान्तुराम गौतमको उम्मेदवारी खारेज गरिएको अधिकृत गौतमले जानकारी दिए ।
कान्तुराम गौतम र दीपककुमार गौरी मगर दुवैले पार्टीको मनोनयनपत्रसहित निर्वाचन कार्यालयमा दर्ता गराएका थिए । कान्तुराम गौतम यसअघि तत्कालीन नेकपा माओवादीबाट खजुरा गाउँपालिका वडा नम्बर ३ का वर्तमान वडाध्यक्ष भइसकेका छन् ।
योसँगै क्षेत्र नम्बर ३ मा अब २२ जनाको उम्मेदवारी कायम छ । निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार क्षेत्र नम्बर १ मा दर्ता भएका १६ जनाकै उम्मेदवारी कानुनबमोजिम कायम छ । यस्तै मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले क्षेत्र नम्बर २ मा दर्ता भएका २२ जनाको उम्मेदवारी पनि कानुनबमोजिम कायम रहेको बताए ।
यस पटक बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि पूर्वमन्त्री, बहालवाला प्रतिनिधि सभा सदस्य, नेपाली कांग्रेसका प्रदेश सभापति र जिल्ला सभापति, तथा लुम्बिनी प्रदेश सभाका सांसदसमेत उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण