काठमाडौँको सेतोपुलबाट चोरीका सुनका गहना र नगदसहित दुई जना पक्राउ
सारांश
- सेतोपुलबाट चोरीका सामानसहित दुई जना पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूको स्कुटरबाट गहना, नगद, लागूऔषध र खुर्सानीको धुलो बरामद गरेको छ।
- पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
काठमाडौँ । राजधानीको सेतोपुल क्षेत्रबाट चोरीका सामानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ ६ गते राति अन्दाजी १० बजेको समयमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा रहेका उनीहरूलाई पक्राउ गरेको हो।
बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार सङ्खुवासभाका ३७ वर्षीय केशव देवान र पाँचथरका २६ वर्षीय कमल लिम्बुलाई प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट चोरीका गहना र नगद फेला परेको थियो। पक्राउ परेका देवान हाल मैतीदेवी र लिम्बु रातोपुल क्षेत्रमा बस्दै आएका थिए।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने दुई थान तिलहरी र दुई थान चन्द्रमा बरामद गरेको छ। यसका साथै ४९ हजार ३ सय रुपैयाँ नगद, ११ थान सिरिन्ज, २ थान एम्पुल लागुऔषध र चोरी गर्दा प्रयोग गरिने एक प्याकेट खुर्सानीको धुलो समेत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले थप कानुनी प्रक्रिया र चोरीका अन्य घटनामा संलग्नताबारे खोजी गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण