शैक्षिक सुधारका लागि पौवादुङमा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन
भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन भएको छ ।
सन् २०३० सम्ममा गाउँपालिकाभित्रको शैक्षिक गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम सञ्चालन भएको हो । पौवादुङमा गाउँपालिका र युनाइटेड वल्र्ड स्कुलबिचको साझेदारीमा गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भाषिक क्षमता र गणितीय ज्ञान अभिवृद्धि गर्दै समग्र शैक्षिक गुणस्तर सुधारमा कार्यक्रम केन्द्रित भएको युनाइटेड वल्र्ड स्कुल, कोशी प्रदेशका संयोजक विक्रम भट्टराईले बताए ।
दश वटा विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीमा भाषिक ज्ञान ४६ प्रतिशत र गणितीय ज्ञान आठ प्रतिशत मात्र रहेको पाइएको जानकारी दिँदै उहाँले आगामी पाँच वर्षसम्म कार्यक्रम कार्यान्वयन हुने बताए । कार्याक्रम अभिभावकसँगको समन्वयमा गरिने छ ।
यसैबिच, पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताए । उक्त कार्यक्रमका लागि पालिकाले रु ३५ लाखको लागत साझेदारी गरेको छ । गाउँपालिकाका सबै ३२ वटा सामुदायिक विद्यालयको शैक्षिक सुधार पालिकाको लक्ष्य भएको उनले बताए ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये हाल ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकामा मात्र सञ्चालन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण