बाबुरामलाई स्वर्णिमको प्रस्ताव : गोरखामा उम्मेदवारी फिर्ता लिनुस्, हाम्रो अभिभावक बन्नुस्
सारांश
- रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले डा. बाबुराम भट्टराईलाई गोरखा २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरे।
- वाग्लेले भट्टराईलाई रास्वपाको अभिभावक बनेर सहयोग गर्न र २१औं शताब्दीको आर्थिक उन्नतिको लागि सघाउन आग्रह गरे।
- वाग्लेले भट्टराईको अनुभव संघीय सरकारको व्यवस्थापनमा आवश्यक पर्ने बताए, र उनलाई उदारतापूर्वक रास्वपालाई सघाउन अनुरोध गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा वाग्लेले भट्टराईलाई रास्वपाको अभिभावक बनेर सहयोग गर्न प्रस्ताव राखेका हुन् ।
वाग्लेले भट्टराईले नै पुराना दलहरूको उपलब्धि संरक्षण गर्दै २१औं शताब्दीको आर्थिक समुन्नतिका लागि नयाँ शक्तिको परिकल्पना गरेको स्मरण गराए । उनले भट्टराईले बसालेको वैकल्पिक राजनीतिको जगमै रास्वपाको उदय, विस्तार र उचाइ सम्भव भएको दाबी गर्दै अबको बाटोमा रास्वपालाई सघाउन आग्रह गरे ।
पूर्वप्रधानमन्त्रीका रूपमा भट्टराईले रास्वपालाई मार्ग निर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वास वाग्लेले व्यक्त गरेका छन् ।
फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा सङ्घीय सरकार बन्न सक्ने सङ्केत गर्दै उनले सरकारको राजनीतिक, प्रशासनिक तथा सुशासन र विकाससँग सम्बन्धित सङ्क्रमणकालीन व्यवस्थापनमा भट्टराईको अनुभव आवश्यक पर्ने बताए ।
भट्टराईको अनुभवबाट सिक्दै धेरै काम गर्न बाँकी रहेको भन्दै वाग्लेले आसन्न निर्वाचनमा उम्मेदवारी फिर्ता लिई उदारतापूर्वक रास्वपालाई सघाउन अनुरोध गरेका हुन् । उनले यसलाई अनुकरणीय देशभक्तिपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्न समेत भट्टराईलाई विशेष आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण