‘गगन थापाले २०७९ मै काठमाडौँ–४ छोड्न चाहनुभएको थियो’
सारांश
- अर्जुननरसिंह केसीले गगन थापाले गत निर्वाचनमै क्षेत्र परिवर्तनको प्रस्ताव गरेको बताए।
- थापाले काठमाडौं-४ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने र आफू सर्लाही जाने प्रस्ताव गरेका थिए।
- केसीका अनुसार थापाले एउटा क्षेत्रमा एक नेता ३ पटकभन्दा बढी लड्न नहुने धारणा राख्छन्।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका सभापति गगन थापाले गत निर्वाचनमा नै आफ्नो निर्वाचन क्षेत्र फेर्ने प्रस्ताव ल्याएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै केसीले २०७९ सालको निर्वाचनमा नै थापाले आफ्नो क्षेत्र काठमाडौँ–४ तत्कालिन कांग्रेस नेता डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने र आफू सर्लाही जाने प्रस्ताव गरेको बताए । त्यो बेलामा सफल नभएको अहिले सफल भएको केसीको भनाई छ ।
‘२०७९ मा नै उहाँले काठमाडौँ ४ मा डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने र आफू सर्लाही जाने प्रस्ताव गर्नुभएको थियो । त्यो बेला भएन अहिले आफै निर्णय गरेर जानुभयो,’ केसीले भने ।
केसीले सभापति थापाको एउटा क्षेत्रमा एउटा नेता ३ पटक भन्दा बढी लड्न नहुने सैद्धान्तिक धारणा राखेको बताए । ‘नेताले एउटा क्षेत्रमा ३ पटकभन्दा बढी लड्न हुन्न भन्ने उहाँको सैद्धान्तिक धारणा हो । त्यो आफैबाट कार्यान्वयन गर्न सुरु भयो,’ केसीले भने । निर्वाचनमा स्पष्ट विचार र स्पष्ट दृष्टिकोण लिएर गएमा विजय प्राप्त हुने केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण