निर्वाचनअघि नै पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अभ्यासलाई विकसित गर्न खोजेका हौँ : प्रदीप पौडेल
सारांश
- प्रदीप पौडेलले आगामी निर्वाचनमा पार्टीका मुद्दाका आधारमा प्रतिस्पर्धा हुने बताए।
- उनले पार्टी सभापतिलाई मधेसमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको बताए।
- पौडेलले यस पटक निर्वाचन अघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अभ्यासको खुलासा गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी निर्वाचनमा पार्टीले उठाएका मुद्दाहरूका आधारमा प्रतिस्पर्धा हुने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिस्पर्धा व्यक्तिले नभई व्यक्तिले उठाएको मुद्दाले गर्ने भएकाले आफूहरूले उठाएका मुद्दाहरूलाई घोषणापत्रले स्पष्ट पार्ने बताए ।
पौडेलले यस पटकको निर्वाचनमा पार्टी सभापतिलाई मधेसमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको बताए । पार्टी सभापति मधेसबाट निर्वाचित भएर आएपछि देश नयाँ सङ्कल्पका साथ जोडिने उनको तर्क छ ।
महामन्त्री पौडेलले यस पटकको निर्वाचनमा आवधिक निर्वाचनभन्दा अघि नै पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र विकसित गर्न खोजिएको पनि खुलासा गरे । कांग्रेसको नेतृत्वमा देश बनाउने गरी आफ्ना मुद्दाहरूलाई स्थापित गर्ने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण