पर्सा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार साहले फिर्ता लिए उम्मेदवारी
शुक्रबार, ०९ माघ २०८२, १४ : १८
सारांश
- पर्सा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिए।
- निर्वाचन अधिकृतका अनुसार साहले समयसीमाभित्रै उम्मेदवारी फिर्ता लिएका हुन्।
- साहले कांग्रेसलाई समर्थन गर्ने र आधिकारिक उम्मेदवारलाई सघाउने बताए।
वीरगन्ज । पर्सा क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आज स्वतन्त्र उम्मेदवार साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिने समयावधिभित्र स्वतन्त्र उम्मेदवार साहले निवेदन दिएर आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए ।
अब निर्वाचन कार्यालयले सबै क्षेत्रको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।
सबै उम्मेदवारलाई आजै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता लिएका स्वतन्त्र उम्मेदवार साहले आफू कांग्रेस समर्थक रहेको र समन्वय नहुँदा उम्मेदवारी दिएको बताउँदै अब कांग्रेसका आधिकारिक उम्मेदवारलाई सघाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण