काठमाडौँ र ललितपुरका दुई डेरामा चोरी
सारांश
- काठमाडौं र ललितपुरका दुई डेराबाट करिब तीन लाख बराबरको धनमाल चोरी भएको छ।
- बुढानिलकण्ठबाट सुनका गहना र नगदसहित १ लाख ९५ हजारको चोरी भएको छ।
- ललितपुरबाट सुनको सिक्री र नगद सहित १ लाख ४ हजारको चोरी भएको हो।
काठमाडौँ । काठमाडौँ र ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा रहेका डेराबाट करिब तीन लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
बिहीबार दिउँसो काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित सुमिना कार्कीको कोठाबाट सुनका गरगहना र नगदसहित करिब १ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो। झापा कमल गाउँपालिका–८ घर भई हाल गल्फुटारमा डेरा गरी बस्ने कार्कीको कोठामा कोही नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ।
त्यसैगरी ललितपुर महानगरपालिका–९ भोल ढोकास्थित अर्को एक डेराबाट पनि चोरी भएको छ। महाङ्काल गाउँपालिका–२ घर भई हाल भोल ढोकामा बस्ने सुमिना तामाङको कोठाबाट सुनको सिक्री र नगद गरी १ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। तामाङको कोठामा बिहीबार बिहानै चोरी भएको जानकारी प्राप्त भएको छ।
प्रहरीले दुवै घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएको छ। चोरी भएका स्थानमा अनुसन्धान गर्नुका साथै शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण