केन्द्रीय कार्यसमिति बैठक निर्णय
कांग्रेसले बनायाे गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार
शुक्रबार, ०९ माघ २०८२, १५ : ५२
सारांश
- नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
- पार्टी केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव उपसभापति शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा राखेका थिए ।
त्यो प्रस्तावलाई अर्की उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि केन्द्रीय कार्यसमितिले एकमतले पारित गरेको उपसभापति शर्माले जानकारी दिए ।
उम्मेदवार घोषणा गर्दा ५ मापदण्ड बनाएर त्यसलाई स्वीकार गर्ने गरी उम्मेदवार घोषणा गरिएको शर्माको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण