बैतडीमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चन्दले लिए उम्मेदवारी फिर्ता
शुक्रबार, ०९ माघ २०८२, १७ : १२
धनगढी । बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका तेज बहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चन्दले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज बहादुर चन्दले यसअघि सामाजिक सञ्जालबाट आफूले नेपाली कांग्रेस त्यागेको घोषणा गरेका थिए ।
दलगत राजनीति त्यागेर स्वतन्त्र रूपमा नयाँ राजनीतिक रूपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका थिए । तर अहिले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
अब जिल्लामा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण