महोत्तरीमा १३९ उम्मेदवार कायम
महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा १३९ उम्मेदवार कायम भएका छन् । गत मङ्गलबार मनोनयनपत्र दर्ता गरेका १४३ जनामध्ये आज चार जनाले उम्मेदवारी फिर्ता लिएपछि १३९ उम्मेदवार कायम भएका हुन् ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार यहाँ चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ बाट दुई, क्षेत्र नं ३ र ४ बाट एक/एक गरी चार जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए । उम्मेदवारी फिर्ता लिने चारै जना स्वतन्त्र उम्मेदवार हुन् ।
जिल्लामा क्षेत्र नं १ मा पाँच महिलासहित २५, क्षेत्र नं २ मा पाँच महिलासहित ३७, क्षेत्र नं ३ मा दुई महिलासहित ४१ र क्षेत्र नं ४ मा सात महिलासहित ३६ जनाको उमेद्वारी रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारको अन्तिम टुङ्गोे भएसँगै आज सबैलाई निर्वाचन चिह्न प्रदान गरी अन्तिम सूची प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।
अन्तिम नामावली प्रकाशन भएअनुसार अब ८३ जना स्वतन्त्र र ५६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार मैदानमा प्रतिस्पर्धा गर्दै छन् । दलका लागि निर्वाचन चिह्न पहिलेदेखि तय रहे पनि स्वतन्त्र उम्मेदवारले भने आज निर्वाचन चिह्न पाएका हुन् । निर्वाचन चिह्न प्राप्त गरेपछि अब उम्मेदवारले विधिवत चुनाव प्रचार सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण