नवलपरासीमा कांग्रेसले कँडेललाई दियो आधिकारिकता
सारांश
- नेपाली कांग्रेसले नवलपरासी पश्चिम क्षेत्र नं २ मा देवेन्द्रराज कँडेललाई आधिकारिक उम्मेदवार तोक्यो।
- निर्वाचन आयोगले भीमबहादुर थापालाई आधिकारिकता दिएकोमा कांग्रेसले कँडेलको नाम सिफारिस गर्यो।
- गगनकुमार थापाले पत्र लेखेर कँडेल आधिकारिक भएको जानकारी गराएका हुन्।
बुटवल । नेपाली कांग्रेसले नवलपरासी पश्चिम क्षेत्र नं– २ का आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल भएको जनाएको छ । शुक्रबार कांग्रेसले आधिकारिक उम्मेदवार कँडेल भएको भन्दै निर्वाचन आयोगमा पत्र पठाएको हो ।
पार्टी सभापति गगनकुमार थापाले पत्र लेखेर आधिकारिक उम्मेदवारबारे जानकारी गराएको निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ। निर्वाचन आयोगले बिहीबार कांग्रेसका भीमबहादुर थापा र कँडेल दुवैले टिकट ल्याए पनि थापा पक्षलाई आधिकारिता प्रदान गरेको थियो ।
तर आज सभापति थापाले आयोगलाई पत्र लेखेर कँडेल आधिकारिक भएको जानकारी गराएका नवलपरासी क्षेत्र नम्बर २ निर्वाचन कार्यालय सहायक निर्वाचन अधिकृत प्रेमनारायण पराजुलीले रातोपाटीलाई बताए ।
उनले भने– ‘अब यहाँबाट जे हुने भइसक्यो, त्यो केन्द्रीय कार्यालयबाट सच्चायो या अहिले कायम गर्ने निर्णय माथिबाट हुन्छ । यहाँबाट भइसकेको अवस्था छ ।
निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो । कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए ।
दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्लास्थित मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्रप्रसाद आचार्यले दुई दिनको समय लिएर अध्ययन गरी बिहीबार थापालाई आधिकारिकता दिएका थिए । यसअघिको निर्वाचनमा कँडेल राप्रपाका धुव्रबहादुर प्रधानसँग केही मतले पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण