कोशी प्रदेशमा खस्यो ८१ प्रतिशत मत
सारांश
- कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा ८१ प्रतिशत मतदान सम्पन्न भएको छ।
- निर्वाचनमा स्थानीय तहका २२० र प्रदेश सभाका ७१ जनाले मतदान गरेका छन्।
- कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ, जसमा अन्य तर्फका उम्मेदवार निर्विरोध भइसकेका छन्।
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा ८१ प्रतिशत मतदान सकिएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २२० जना र प्रदेशसभाका ७१ जनाले मतदान गरिसकेका छन् ।
कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् ।
कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । अन्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा हुँदै छ ।
काँग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे ९महिला० तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेदवारी परेको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । दलित कोटाबाट कोशीबाट माओवादीका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल सकिने भएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।
कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता भएपनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ जना पालिका प्रमुख, २ जना पालिका अध्यक्ष, १ जना पालिका उपाध्यक्ष र १ जना प्रदेश सांसदले राजीनामा दिएर प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । राजीनामा दिनेमा राप्रपाका प्रदेश सांसद भक्तिप्रसाद सिटौला झापा–४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया एमालेबाट मोरङ–२ बाट उम्मेदवारी दिँदा ओखलढुङ्गा निर्वाचन क्षेत्रमा एमालेबाट लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा उम्मेदवार बनेकी छिन् ।
नेकपाले इलाम २ बाट सूर्योदयन नगरपालिकाका रणबहादुर राई र सोलुखुम्बुबाट असिम राईलाई उम्मेदवार बनाएको छ । यस्तै उदयपुर लिम्चिङबुङका अध्यक्ष मेजर राई उदयपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । यस्तै सुनसरी धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पनि राजीनामा दिएर प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।
उनीहरूको राजीनामासँगै कोशीमा ९२ जना प्रदेशसभा सदस्य कायम छन् भने स्थानीय तहका २६७ प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष कायम भएका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । पालिकाका प्रतिनिधिको मतभार १९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण