केम्पो संघ बागमती प्रदेशको अध्यक्षमा दिनेश घोरसाइने
हेटौँडा । केम्पो संघ बागमती प्रदेशको अध्यक्षमा दिनेश घोरसाइने चयन भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्ले घोरसाइनेको अध्यक्षतामा केम्पो संघ बागमती प्रदेशको १५ सदस्यीय तदर्थ समितिलाई स्वीकृति प्रदान गरेको हो ।
परिषद्को सदस्य–सचिवस्तरको गत २०८२ असार १६ गतेको निर्णयअनुसार प्रदेश खेलकुद विकास ऐन, २०७५ र नियमावली, २०७६ को व्यवस्था बमोजिम ३ महिना भित्र नयाँ कार्यसमिति गठन गर्न घोरसाइनेको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । आगामी ३ महिनाभित्र बागमती प्रदेश केम्पो संघ गठन गर्ने गरी घोरसाइनेलाई जिम्मेवारी दिइएको बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिए ।
उनका अनुसार स्वीकृत तदर्थ समितिमा घोरसाईने अध्यक्षतामा उपाध्यक्ष सुरेन्द्र प्रताप शाह (काभ्रे), महासचिवमा प्रकाश चन्द्र पाण्डे (काठमाडौँ), सचिवमा अनिल गुरुङ (काभ्रे) र निरज वाइवा (सिन्धुली) तथा कोषाध्यक्षमा रोशन कार्की (काभ्रे) चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा राजन कार्की, शिवहरि राई, रविन्द्र डंगोल, रामचन्द्र आचार्य, नवराज रिमाल, सुन्दर घले, रोशन केसी, जोगवीर भण्डारी र सुरेश चौधरी रहेका छन् ।
मार्शल आर्टको एक विधा केम्पो हो । यो खेल विश्वमै लोकप्रिय खेल मानिन्छ । विशेषगरी युरोप, जापानलगायत देशमा हरेक वर्ष यो विधाका खेलहरूको प्रतियोगिता सञ्चालन हुने गरेको छ । नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको केम्पो केही महिना अगाडि बेल्जियममा भएको ओपन केम्पो च्याम्पियनसिपमा नेपालले १ स्वर्ण २ रजत र ४ कास्य पदक हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण