सेयर बजारमा हरियाली: परिसूचक ५७ अंकले बढ्यो, कारोबार १३ अर्ब माथि
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ । आज परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को बिन्दुमा पुगेर बन्द भएको छ। यो ५ महिना अघिकै उच्च परिसूचक हो ।
आज बजारमा कारोबार रकममा पनि उत्साह देखिएको छ । दिनभरिमा ३३१ वटा कम्पनीका ३ करोड ९ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा अधिकांश कम्पनीको मूल्य सकारात्मक देखियो । कारोबार भएका कुल कम्पनीमध्ये २४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको मूल्य घटेको छ । पाँचवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
यी कम्पनीहरुमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, मैलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् । एभरेष्ट बैंकको डिवञ्चरको मूल्य सबैभन्दा धेरै ५.८० प्रतिशतले घटेको छ ।
समूहगत रुपमा आज बजारमा सबै सूचकमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ । सबैभन्दा धेरै होटल इन्डेक्स ३.३५ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा अरुण काबेली पावर अग्रस्थानमा रह्यो । जसको ४३ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो । त्यस्तै, ग्रीन भेन्चरको ३९ करोड ७७ लाख र शिवम सिमेन्टको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण