‘बैंकका कर्मचारी कुट्नुपर्छ’ भन्ने अभियन्ता प्रहरी फन्दामा, लिखित माफी मागे
सारांश
- नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ।
- युट्युब च्यानलबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने अभिव्यक्ति दिएका व्यक्तिले गल्ती स्वीकार्दै माफी मागेका छन्।
- प्रहरीले सामाजिक सञ्जालमा कानुन विपरीत अभिव्यक्ति दिनेमाथि निगरानी बढाएको छ र कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा ‘नागरिक बचाउ महाअभियान’ अन्तर्गत ऋणी एसोसिएसनका केन्द्रीय संयोजक देवीप्रसाद सङ्ग्रौलामाथि अनुसन्धान अघि बढाएको छ।
झापाको अर्जुनधारा नगरपालिका–११ घर भएका ४४ वर्षीय सङ्ग्रौलाले युट्युब च्यानललगायतका माध्यमबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने र ‘भण्डारखाल’ जस्तो काण्ड मच्चाउनुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका थिए।
सार्वजनिक शिष्टाचार र नैतिकताविपरीत हिंसा दुरुत्साहन गर्ने अभिव्यक्ति दिएपछि ब्यूरोले उनलाई कार्यालयमै झिकाएर सोधपुछ गरेको छ। प्रहरीसमक्ष बयान दिने क्रममा सङ्ग्रौलाले कानुनी राज्यको उल्लङ्घन गर्दै बैंकविरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्। उनले अबका दिनमा कानुनलाई शिरमा राखेर बोल्ने र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै नेपाल सरकारसँग लिखित रूपमा माफी मागेका छन्।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लिखित कागज गराइए पनि उनीमाथि थप अनुसन्धान जारी राखिएको छ। प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा कानुनविपरीतका अभिव्यक्ति दिने र श्रव्यदृश्य सामग्री प्रसारण गर्नेहरूमाथि निगरानी बढाइएको स्पष्ट पारेको छ।
यस्ता गतिविधिमा संलग्न भएको पुष्टि भएमा जो–कोहीलाई पनि कानुनबमोजिम कडा कारबाही हुने चेतावनी समेत प्रहरीले दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण