कलैयाका तत्कालीन वडाध्य्क्षसहित ४ जनाविरुद्ध अख्तियारले चलायो मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडाध्यक्ष र वडा सचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घर तथा बाटो भएको जग्गाको विवरण लुकाई कम मुल्यांकन गरेर राजस्व हिनामिना गरेको आरोपमा आयोगले आइतबार आरोपपत्र दायर गरेको हो।
मुद्दा चलाइएकाहरूमा तत्कालीन वडाध्यक्ष एम. जलालुदिन मन्सुर, तत्कालीन वडा सचिव रघु प्रसाद सहनी गोढी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुर र जग्गा खरिदकर्ता हिरालाल प्रसाद रहेका छन्।
आयोगको अनुसन्धान अनुसार, कलैया उपमहानगरपालिका वडा नं. २ मा रहेको कित्ता नं. २८८ र २९० को जग्गा कलैया–विरगञ्ज हुलाकी राजमार्ग (पिच बाटो) सँग जोडिएको र कम्पाउण्डसहितको पक्की घर भएको अवस्थामा थियो। तर, वडाध्यक्ष र सचिवको मिलेमतोमा उक्त जग्गा मूल बाटोमा नभई भित्री बाटोमा पर्ने र घर समेत नभएको भन्दै गलत विवरणसहितको सिफारिस तयार गरिएको थियो।
सोही गलत सिफारिसका आधारमा ९९ लाख ४८ हजार ९२१ रुपैयाँ न्युनतम मुल्यांकन हुनुपर्ने सम्पत्तिलाई जम्मा ५ लाख ५० हजार रुपैयाँ मात्र मुल्यांकन कायम गरी मालपोत कार्यालयबाट जग्गा पास गराइएको थियो। यसरी वास्तविक मूल्यभन्दा निकै कम थैली कायम गर्दा रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर गरी नेपाल सरकारलाई ६ लाख ९४ हजार ६५१ रुपैयाँ घाटा पुर्याएको अख्तियारको ठहर छ।
आयोगले चारै जना प्रतिवादीहरू विरुद्ध ६ लाख ९४ हजार ६५१ रुपैयाँ बिगो कायम गर्दै, सोही बराबरको जरिवाना र भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजायको मागदाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण