आयोजक फेरिल्यान्डको सफल सुरुआत
काठमाडौँ । आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । फेरिल्यान्डले जुनियर ब्वाइजमा १ र जुनियर गल्र्समा २ खेल जित्यो ।
जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएमसीएलाई २१–१६ ले पराजित गर्यो । विजयी टिमका लागि राहुल मग्रातीले ११ स्कोर गरे ।
जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ ले सेन्ट जोसेफलाई ४४–३४ तथा फेरिल्यान्ड ‘बी’ ले हिमशिलालाई १६–१२ ले हराए । फेरिल्यान्ड ‘ए’ की करुणा बोगटीले १५ तथा फेरिल्यान्ड ‘बी’ की इन्नाग्मा राईले ६ अङ्क जोडे ।
कपनमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा ज्ञानभूमिले गोल्डेनपिकलाई १५–१०, एन्जल्स हार्टले ज्ञान संस्कारलाई २७–१८ र जेबी स्कुलले ग्रिनल्यान्डलाई २३–१७ ले पाखा लगाए । ज्ञानभूमिका कुशल रेग्मीले ५, एन्जल्स हार्टका सौरव श्रेष्ठले १० र जेबीका भीमराज रोकायाले ६ अङ्क बटुले ।
जुनियर गल्र्समा न्युटनले मन्जरीलाई १७–१२ तथा क्यान्भास बसन्त ऋतुले जेबीलाई २०–१८ ले पन्छाए । न्युटनकी सहारा राईले ६ तथा क्यान्भासकी रितिका चौधरीले ८ अङ्क जोडे ।
प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता समेत रहेका वडा १० का अध्यक्ष नवराज भट्टराईले एक कार्यक्रमबिच उद्घाटन गरे । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल माघ १६ गते हुनेछ ।
- केभीकेएसएस र तेजस्वी विजयी
आयोजक काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र तेजस्वी एकेडेमीले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार जित हात पारेका छन् ।
केभीकेएसएसको ‘ए’, ‘बी’ र ‘सी’ टोलीले प्रतिस्पर्धा गरेकोमा ‘ए’ र ‘सी’ टोलीले सफलता पाए । टोखा नगरपालिकाको मिलन टोलस्थित घरेलु कोर्टमा केभीकेएसएस ‘ए’ ले पारामाउन्ट एकेडेमीलाई ३०–२० ले पराजित ग¥यो । केभीकेएसएस ‘ए’ को जितमा रोसी श्रेष्ठले १४ अङ्क योगदान गरिन् । चेलिसा गुरुङको १३ अङ्क सहयोगमा केभीकेएसएस ‘सी’ ले काठमाडौँ युरोलाई १६–१० ले हरायो । ज्ञानोदयले केभीकेएसएस ‘बी’ लाई १९–१० ले पाखा लगायो । ज्ञानोदयकी सिमरन तण्डुकारले ६ अङ्क जोडिन् ।
अन्य खेलमा तेजस्वीले वसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १८–८, इडेन ब्रिज एकेडेमी (इबीए) ले जेबी स्कुललाई ३१–२० र भ्याली पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २५–१६ ले पन्छाए । तेजस्वीकी एस्टर बरुवालले १२, ईबीएकी अनामिका पटेलले २० र भ्याली पब्लिककी दृश्य गुरुङले १५ स्कोर गरे ।
प्रतियोगिताको केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले एक कार्यक्रमबिच उद्घाटन गरिन् । माघ १७ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा १६ टिम सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण