तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु
सारांश
- तेस्रो राष्ट्रिय बालसाहित्य महोत्सव बालबालिकाहरूको लागि ललितपुरमा सुरु भयो।
- महोत्सवमा विभिन्न विधाका विज्ञहरूबाट कार्यपत्र प्रस्तुति र छलफल हुनेछन्।
- कार्यक्रममा रचना प्रस्तुति र बङ्गलादेशका साहित्यकारको विशेष प्रस्तुति रहनेछ।
ललितपुर । बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बाल-साहित्य महोत्सव सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने नेपाल बाल-साहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो ।
महोत्सवको बाल गायिका कल्पना विष्टले उद्घाटन गरिन् । सोही अवसरमा बाल साहित्यकारहरू भिक्टर प्रधान, प्रमोद प्रधान, घनश्याम राजकर्णिकार र सिर्जना शर्मालाई रु १५/१५ हजार राशिको पुरस्कार प्रदान गरियो ।
समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बाल साहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बाल-साहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बाल साहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।
काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुने महोत्सवमा रचना प्रस्तुति र बङ्गलादेशका वरिष्ठ साहित्यकार प्रा डा मिजानुर रहमान कल्लोलको मुख्य प्रस्तुति रहने महोत्सवका संयोजक यशोदा अधिकारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण