निर्माण व्यवसायी महासंघको महाधिवेशन स्थगित
सारांश
- नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा तथा १३औँ महाधिवेशन स्थगित भएको छ।
- प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागू भएपछि निर्वाचन आयोगले सभा नगर्न निर्देशन दिएको थियो।
- आचारसंहिता हटेपछि कम्तीमा १५ दिनको म्याद राखेर अधिवेशनको नयाँ मिति तोकिनेछ।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा तथा १३औँ महाधिवेशन स्थगित भएको छ । माघ १५, १६ र १७ गते काठमाडौँमा गर्ने तय भएको अधिवेशन प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागू भएसँगै रोकिएको हो ।
निर्वाचन आयोगले महासंघलाई पत्र पठाउँदै माघ ४ गतेदेखि नै प्रतिनिधि सभा निर्वाचनसम्बन्धी आचारसंहिता २०८२ लागू भइसकेको जानकारी गराएको थियो । आयोगले आचारसंहिता लागू रहने अवधिभर साधारण सभा नगर्न निर्देशन दिएपछि महासंघले पूर्व निर्धारित कार्यक्रम रोकेको हो । महासंघको स्थायी समितिको माघ ११ गते बसेको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा तथा निर्वाचनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
महासंघका महासचिव रोशन दाहालका अनुसार निर्वाचन आचारसंहिता हटेपछि कम्तीमा १५ दिनको म्याद राखेर अधिवेशनको नयाँ मिति तोकिनेछ । अधिवेशन स्थगित भए पनि यसअघि छनोट भइसकेका प्रतिनिधिहरू भने यथावत् रहनेछन् । महासंघको विधानको दफा ९ को उपदफा १६ बमोजिम हाल कायम प्रतिनिधिहरू नै पछि हुने अधिवेशनमा सहभागी हुन पाउने छन् ।
आयोगको आचारसंहिता महासंघ अन्तर्गतका सबै प्रदेश महासंघ, जिल्ला संघ, एशोसिएट र वस्तुगत संघ सदस्यहरूको साधारण सभामा पनि लागू हुने महासंघले स्पष्ट पारेको छ । महासंघले अन्य विषयको हकमा विधान र यसअघि प्रकाशित सूचना बमोजिम नै हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण