वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो
सारांश
- चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्ज नाकाबाट ४ खर्ब ३८ अर्ब २१ करोडको सामान आयात भयो।
- गत आवको सोही अवधिको तुलनामा यो आयात १५.३० प्रतिशतले बढी हो।
- पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी र कपडा लगायतका वस्तुहरुको आयात बढेको छ।
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ ।
गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको छ महिनामा भने रू तीन खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।
चालु आवको छ महिनामा रू ९० अर्ब छ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । रू ३९ अर्ब तीन करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा रू ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रू २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रू १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण