बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अभिनेता विजय बरालको गायनमा डेब्यु

सोमबार, १२ माघ २०८२, ११ : १०
सोमबार, १२ माघ २०८२

काठमाडौँ । रङ्गमञ्च र फिल्मको पर्दामा अभिनय मार्फत दर्शकको मन जित्न सफल अभिनेता विजय बराल गायकको रूपमा देखिएका छन् । उनले ‘विधिको शासन’ बोलको गीत मार्फत गायनमा डेब्यु गरेका हुन् । गीत केवल मनोरञ्जनका लागि मात्र नभई वर्तमान राजनीतिक व्यवस्था र विसङ्गति विरुद्धको एउटा बलियो ‘ध्वनि’को रूपमा ल्याइएको छ ।

सौरभ कार्कीको शब्द र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ । विशेष गरी, भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई गीतको मूल मर्म बनाइएको छ ।

देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश गीतले दिएको छ । २०४० सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ ।

गायनमा पहिले देखिनै रुचि भए पनि अहिले संयोग जुरेको विजयले बताए । ‘म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ’ विजयले थपे ।

गीतको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ । मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा २०४० सालका आन्दोलनकारीदेखि २०६२/६३ को दोस्रो जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा प्रहरीको दमन र युवाहरूको आक्रोशलाई भिडियोमा दुरुस्त उतारिएको छ । यसले गीतलाई एउटा सांगीतिक सिर्जना मात्र नभएर ऐतिहासिक ‘डकुमेन्ट्री’ जस्तो ओजनदार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप