सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । चैनपुर–२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुँदा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ का पैरेका अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
आइतबार साँझ ५ः३० बजे चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ स्थित नुनढाकी नजिकै दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका थिए । जिप दुर्घटनामा परेर चैनपुर–१ सिङरिङ बस्ने ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीमबहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका–४ का २८ वर्षीय दीपेश माझी रहेको नायब प्रहरी उपरीक्षक मैनालीले बताए ।
गम्भीर घाइते चैनपुर–१ सिङरिङ्का निमदोर्चि, भीम बहादुर र पाँचथरको फिदिमका दीपेशलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनालगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण