बालेन शाहले राजीनामा दिएपछि चर्चामा आएका कुर्सी, तस्बिरहरू
काठमाडौँ । केही दिनयता सिंहदरबारस्थित सडक किनारमा राखिएका कुर्सीहरू काठमाडौँ महागरले हटाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।
महानगरपालिकाकाे मेयर पदबाट बालेन शाहले राजीनामा दिए लगत्तै सार्वजनिक स्थानबाट कुर्सी हटाउन थाल्यो भन्ने हल्ला चलेको थियो । सामाजिक सञ्जालमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको आलोचना समेत भएको थियो ।
तर वास्तविकतामा ती कुर्सीहरू हटाइएका नभई अस्थायी रूपमा व्यवस्थापनका लागि सारिएका पाइएको छ ।
महानगरले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको सार्वजनिक निर्माण विभागले जनाएको छ ।
महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको विभागले जनाएको छ ।
यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइने महानगरको दाबी छ ।
सिंहदरबार भद्रकाली सडकखण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरु मर्मत थालिएको छ ।
यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रंगरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख सुरेश राईले जानकारी दिए ।
_sva2tDoK2B.jpg)
_aRt2p7cr1n.jpg)
_mUoVWkGnzQ.jpg)
_XzUUvJwoB7.jpg)
_b4EcU4S9qV.jpg)
_tK2DxVoDWr.jpg)
_hKqPnO4Dep.jpg)
_GZOAaKgelA.jpg)
_5hdkaaWhRj.jpg)
_TM4e8ix1eT.jpg)
_FzzEaPWvG3.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण