हिंसा भड्काउने अभिव्यक्ति दिएका स्वागत नेपाल लिखित कागज गरेर रिहा
सारांश
- सामाजिक सञ्जालमा हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले भद्रप्रसाद नेपालमाथि अनुसन्धान सुरु गरेको छ।
- उनी झापा-२ बाट आगामी निर्वाचनका लागि उम्मेदवार हुन्, र उनले युट्युब अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिएका थिए।
- प्रहरीले उनलाई सोधपुछपछि छाडेको छ, तर घटनाबारे थप अनुसन्धान भइरहेको छ र अन्य व्यक्तिहरूमाथि निगरानी बढाइएको छ।
काठमाडौँ । सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले भद्रप्रसाद नेपाल (स्वागत नेपाल) माथि अनुसन्धान अघि बढाएको छ । उनी झापा–२ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुन् ।
चुनावी प्रचारप्रसारका क्रममा युट्युब च्यानलहरूमा दिएको अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिएपछि ब्युरोले उनलाई उपस्थित गराई सोधपुछ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका–७ घर भएका नेपालले ‘लोक आवाज’लगायत युट्युब च्यानलमा पृथ्वीनारायण शाहको सन्दर्भमा हिंसात्मक टिप्पणी गरेका साइबर ब्युरोले जनाएको छ ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले नेपालले भिडियोमा ‘जसले पृथ्वीनारायण शाहको विरोध गर्दछ त्यसको टाउको काटिन्छ, काट्नुपर्छ, म काट्न तयार हुन्छु भन्नेजस्ता सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका अभिव्यक्ति दिएको पाइएको बताए ।
उनका अनुसार उक्त अभिव्यक्तिको विषयमा ब्युरोले नेपाललाई कार्यालयमा बोलाएर प्रारम्भिक सोधपुछ गरेको थियो । सोधपुछका क्रममा नेपालले उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने र कानुनको पालना गर्ने प्रतिबद्धता जनाउँदै लिखित कागज गरेका छन् ।
प्रहरीले उनलाई आवश्यक परे वा खोजी भएका बखत उपस्थित हुने सर्तमा हाललाई छाडेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । यसैबिच ब्युरोले सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्महरूमा यस्ता अभिव्यक्ति दिनेहरूमाथि निगरानी बढाइएको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण