जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरकाे दर्शन
सोमबार, १२ माघ २०८२, १८ : ५६
जनकपुरधाम। पूर्वराजा ज्ञानेन्द्र शाह मधेस प्रदेशको जनकपुरधाम पुगेका छन् । आइतबार पारिवारिक सदस्यसहित जनकपुरधाम आएका पूर्वराजा दम्पती आज दिउँसो ३ बजे जानकी मन्दिर दर्शनका लागि पुगेका थिए । मन्दिर परिसरमा समर्थकहरूको उल्लेखनीय भिड देखिएको थियो ।
समर्थकहरूले 'हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ राजा आऊ, देश बचाऊ' लगायतका नारा लगाएका थिए । जानकी मन्दिरमा दर्शनपछि सञ्चारकर्मीहरूको जिज्ञासामा पूर्वराजा शाहले आफू धार्मिक यात्रामा रहेको र बोल्नुपर्ने केही नरहेको प्रतिक्रिया दिए ।
जानकी मन्दिरबाट पैदल करिब २०० मिटर दूरीमा रहेका राम मन्दिर तथा राजदेवी मन्दिरमा समेत पूर्वराजाले दर्शन गरेका थिए । उनको आगमनलाई स्वागत गर्न समर्थकहरू बिहानैदेखि तयारीमा जुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण