भारतको ७७औँ गणतन्त्र दिवसमा चीनका राष्ट्रपति सी जिनपिङले के भने ?
सोमबार, १२ माघ २०८२, २२ : ३६
सारांश
- चीनका राष्ट्रपति सी जिनपिङले भारतको गणतन्त्र दिवसमा राष्ट्रपति द्रौपदी मुर्मुलाई शुभकामना दिए।
- उनले चीन र भारत असल छिमेकी, मित्र र साझेदार हुनुपर्ने बताए।
- सी जिनपिङले चीन-भारत सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे।
काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुलाई शुभकामना दिएका छन् । समाचार एजेन्सी शिन्हुआका अनुसार उनले चीन र भारतलाई असल छिमेकी, मित्र र साझेदार भनेका छन् ।
सी जिनपिङले पछिल्लो एक वर्षमा चीन–भारत सम्बन्ध निरन्तर सुधार भएको बताए । उनले यी सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण रहेको बताए ।
उनका अनुसार चीन सधैं चीन र भारत असल छिमेकी, मित्र र साझेदार हुनुपर्छ भन्ने मान्यता राख्छ । उनले दुवै देशले आपसी सहयोग बढाउने र एक–अर्काका चासोलाई समाधान गरेर स्थिर सम्बन्ध विकास गर्ने आशा व्यक्त गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण