बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
काउन्टडाउन टू वर्ल्डकप

अस्ट्रेलिया : १० आईसीसी उपाधि, तर छोटो ढाँचा जित्न लाग्यो १५ वर्ष

मङ्गलबार, १३ माघ २०८२, ११ : ३१
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • अस्ट्रेलिया क्रिकेट इतिहासको सबैभन्दा सफल टोली हो, तर टी-२० विश्वकप जित्न १५ वर्ष लाग्यो।
  • २०२१ मा अस्ट्रेलियाले न्युजिल्यान्डलाई हराएर पहिलो पटक टी-२० विश्वकप जित्यो, तर २०२४ मा सुपर ८ बाटै बाहिरियो।
  • अस्ट्रेलियाले टी-२० विश्वकपमा विभिन्न चरणमा प्रदर्शन गर्‍यो, २००७ मा सेमिफाइनलसम्म पुगेको थियो भने २०१० मा फाइनलमा पराजित भयो।

अस्ट्रेलिया क्रिकेट इतिहासको सबैभन्दा सफल टोली हो । पुरुष सिनियर टोलीले अहिलेसम्म कुल १० वटा आईसीसी उपाधि जितेको छ, जुन कुनै पनि राष्ट्रका लागि सर्वाधिक हो । राम्रो कप्तान र खेलाडीहरूको खानी मानिने ‘मेन इन यलो’ जुनसुकै फम्र्याट र प्रतियोगितामा पनि उपाधिको प्रमुख दाबेदार हुने गर्छ । 

यद्यपि अस्ट्रेलियालाई टी–२० विश्वकपको ट्रफी थप्न १५ वर्ष लाग्यो । सन् २०२१ मा दुबईमा भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक यो उपाधि चुमेको थियो । 

अस्ट्रेलियाको टी–२० विश्वकप यात्राको नालीबेली

l15920240508172038

  • २००७ : खराब सुरुवात र सेमिफाइनलको यात्रा (दक्षिण अफ्रिका)

पहिलो टी–२० विश्वकपमा अस्ट्रेलियाको सुरुवात बिर्सनलायक रह्यो । जिम्बावेसँग ५ विकेटले पराजित भए पनि एडम गिलक्रिस्टको नेतृत्वमा टोली सेमिफाइनलसम्म पुग्न सफल भयो, तर सेमिफाइनलमा भारतसँग १५ रनले पराजित भएपछि अस्ट्रेलिया बाहिरियो । म्याथ्यु हेडन (२६५ रन) प्रतियोगिताकै सर्वाधिक रनकर्ता बनेका थिए ।

  • २००९ः समूह चरणबाटै बहिर्गमन (इंग्ल्यान्ड)

इंग्ल्यान्डमा भएको दोस्रो संस्करण अस्ट्रेलियाका लागि निकै खराब रह्यो । रिकी पोन्टिङको कप्तानीमा रहेको टोली वेस्ट इन्डिज र श्रीलंकासँग लगातार पराजित भएपछि प्रतियोगिताबाट चाँडै बाहिरियो । डेभिड वार्नरले सर्वाधिक ६३ रन बनाएका थिए ।

231759

  • २०१०ः पहिलो फाइनलको अनुभव (वेस्ट इन्डिज)

२००९ को असफलतापछि माइकल क्लार्कको नेतृत्वमा अस्ट्रेलिया बलियो पुनरागमन गर्दै पहिलो पटक फाइनलमा पुग्यो, तर फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित हुँदा उपाधि जित्ने सपना अधुरै रह्यो । माइक हसी (१८८ रन) र डर्क नेन्स (१४ विकेट) ले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

  • २०१२ः शेन वाटसनको दबदबा (श्रीलंका)

जर्ज बेलीको कप्तानीमा रहेको अस्ट्रेलियाले सेमिफाइनलसम्मको यात्रा तय गर्‍यो, तर सेमिफाइनलमा वेस्ट इन्डिजसँग ७४ रनको फराकिलो अन्तरले पराजित भयो । उपाधि नजिते पनि शेन वाटसन प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ चुनिए, उनले सर्वाधिक २४९ रन बनाउनुका साथै ११ विकेट पनि लिएका थिए ।

182921

  • २०१४ र २०१६ः बिर्सनलायक प्रदर्शन

सन् २०१४ को विश्वकपमा अस्ट्रेलियाले मात्र एक खेल (बंगलादेश विरुद्ध) जित्न सक्यो र नकआउट चरणमा पुग्न असफल भयो । सन् २०१६ मा भारतमा भएको विश्वकपमा पनि स्टिभ स्मिथको टोली सेमिफाइनल पुग्न सकेन । भारतसँगको ६ विकेटको हार अस्ट्रेलियाका लागि निर्णायक बन्यो ।

  • २०२१ः १५ वर्षपछिको ऐतिहासिक सफलता (यूएई)

लामो प्रतीक्षापछि हारून फिन्चको कप्तानीमा अस्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकपको उपाधि उचाल्यो । फाइनलमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । मिचेल मार्स (७७ रन) फाइनलको ‘प्लेयर अफ द म्याच’ र डेभिड वार्नर ‘प्लेयर अफ द सिरिज’ घोषित भए । एडम जाम्पाले १३ विकेट लिँदै टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले । 

Australia T20 169

  • २०२२ः घरेलु मैदानमा उपाधि रक्षा गर्न असफल

आफ्नै देशमा भएको आठौँ संस्करणमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया सेमिफाइनल पुग्नै असफल भयो । न्युजिल्यान्डसँगको ८९ रनको लज्जास्पद हार र वर्षाका कारण एक खेल रद्द हुनु अस्ट्रेलियाका लागि घातक बन्यो । नेट रन रेटमा पछि पर्दा अस्ट्रेलिया समूह चरणबाटै बाहिरिन पुग्यो । 

  • टी–ट्वान्टी विश्वकप २०२४ः सुपर ८ बाटै बाहिरियो 

वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२४ मा अस्ट्रेलियाको यात्रा सुपर ८ चरणमा नै टुंगियो । यस विश्वकपको उपाधि भने भारतले फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै आफ्नो नाममा पारेको छ ।

प्रतियोगितामा अस्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको थियो । समूह ‘बी’ मा ओमान, इंग्ल्यान्ड, नामिबिया र स्कटल्यान्डविरुद्ध सबै खेलहरूमा प्रभावशाली जित दर्ता गर्दै सुपर ८ मा स्थान बनाएको थियो । 

तर दोस्रो चरण अर्थात् सुपर ८ मा उसको प्रदर्शन मिश्रित रह्यो । बंगलादेशविरुद्ध डीएलएस पद्धतिमा जित हासिल गरे पनि भारतसँग पराजित हुँदै अस्ट्रेलिया सेमिफाइनलको दौडबाट बाहिरियो । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप