इन्टरनेट कम्पनीबिच ग्राहक तान्ने होडबाजी : वर्ल्डलिंकको अग्रता कायमै, सरकारी टेलिकम तेस्रो स्थानमा
सारांश
- नेपाली इन्टरनेट बजारमा दुई दर्जनभन्दा बढी कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
- वर्ल्डलिंक सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल हुँदै १० लाख ५५ हजार ग्राहक बनाएको छ।
- इन्टरनेट सेवाको गुणस्तर सुधार हुनुको साटो ग्राहक संख्या बढाउन कम्पनीहरुबीच होडबाजी छ।
काठमाडौँ । नेपाली इन्टरनेट बजारमा अहिले दुई दर्जनभन्दा बढी कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सेवाको गुणस्तर सुधार गर्नुभन्दा पनि ग्राहक सङ्ख्या बढाउन कम्पनीहरूबीच होडबाजी चलेको देखिएको छ। हाल बजारमा निजी क्षेत्रको वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो बलियो वर्चस्व कायम राख्दै सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ।
प्राधिकरणको मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार वर्ल्डलिंकका ग्राहक सङ्ख्या १० लाख ५५ हजार पुगेका छन्। बजार हिस्साका आधारमा वर्ल्डलिंकपछि दोस्रो स्थानमा डिशहोम फाइबरनेट देखिएको छ, जसका ग्राहक ३ लाख ८२ हजार पुगेका छन्। सरकारी लगानीको नेपाल टेलिकम भने तेस्रो स्थानमा खुम्चिएको छ। टेलिकमका ग्राहक ३ लाख ७४ हजार रहेका छन्। त्यस्तै, बजार विस्तारमा आक्रामक देखिएको भायनेट ३ लाख ४० हजार ग्राहकसहित चौथो र २ लाख ६८ हजार ग्राहकसहित क्लासिक टेक पाँचौँ स्थानमा रहेका छन्।

बजारको छैटौँ स्थानमा सुबिसु केबलनेट रहेको छ, जसले २ लाख ५५ हजार ग्राहक बनाएको छ। यसपछि क्रमशः वेभसफरका १ लाख ७६ हजार र टेकमाइन्सका १ लाख २३ हजार ग्राहक रहेका छन्। नवौँ र दशौँ स्थानमा क्रमशः वाइफाई नेपाल र सिजी कम्युनिकेसन रहेका छन्। यी कम्पनीहरूले विभिन्न अफर र योजनामार्फत ग्राहक तानातान गरिरहेका छन्।
कम्पनीहरूबीच ग्राहक सङ्ख्या बढाउने प्रतिस्पर्धा चले पनि उपभोक्ताहरू भने इन्टरनेटको गति र सेवाबाट सन्तुष्ट देखिँदैनन्। इन्टरनेटमा समस्या आउँदा कम्पनीहरूले समयमै समाधान नगर्ने र ग्राहकको गुनासोलाई वेवास्ता गर्ने गरेको आम उपभोक्ताको गुनासो छ। बजारमा धेरै विकल्प भए तापनि गुणस्तरीय र भरपर्दो सेवा अझै पनि नेपाली प्रयोगकर्ताका लागि चुनौतीपूर्ण बनिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण