मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाउन माग

मङ्गलबार, १३ माघ २०८२, १४ : २४
मङ्गलबार, १३ माघ २०८२

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन्।

उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन ।

घाँटीमा मालाझैँ लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् ।

उनले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्नुहुँदै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारसमक्ष आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप