‘युवालाई विदेश पलायन हुनबाट रोक्न सहकारीले योगदान दिनुपर्छ’
ललितपुर । सहकारी अभियन्ता एवम् सरोकार भएकाहरूले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सहकारीले योगदान दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय सहकारी महासङ्घद्वारा मंगलबार आयोजित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ को उद्घाटन समारोहमा वक्ताहरूले हाल देखिएका समस्या समाधान गर्दै सहकारीबाट लाभ लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव मदन भुजेलले वि.सं. २०४६ को परिवर्तनपछि देशमा समृद्धि ल्याउने अभिप्रायले सहकारीको स्थापना गरिएको बताउँदै यसले रोजगारी र आर्थिक समृद्धिमा धेरै उपलब्धिपूर्ण काम गरेको बताए ।
उनले सहकारीले वित्तीय पहुँचमा महत्त्वपूर्ण योगदान पुर् ¥याएको भन्दै हाल देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
“सहकारीले महिलाको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । अब युवालाई पनि स्वदेशमै उत्पादन र आर्थिक उपलब्धि हासिल गर्न यस क्षेत्रले भूमिका खेल्नुपर्छ । युवाको योगदानमा आधारित अर्थतन्त्रबिना देशको समृद्धि हासिल हुन सक्दैन”, सचिव भुजेलको भनाइ थियो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी र राज्य मिलेर युवा परिचालनमार्फत नवप्रवर्तन र उद्यमशीलमार्फत समृद्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले धेरै मुलुक सहकारीकै माध्यमबाट समृद्ध भएको उल्लेख गर्दै नेपालमा पनि यसबाट धेरै लाभ लिन सकिने बताउनुभयो । उहाँले प्रविधिको प्रयोग र संविधानको भावनाअनुरूप नीतिगत व्यवस्था गर्दै सहकारीलाई अर्थतन्त्रको मजबुत खम्बाको रूपमा विकास गरिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका संयोजक एवम् राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सुमन नेपालले विश्व परिवेशलाई आत्मसात गर्दै युवाहरूको नवीन सोच र प्रविधिप्रतिको दख्खललाई सहकारीको मूल्य–मान्यतासँग जोड्नु नै सम्मेलनको मुख्यध्येय भएको बताउनुभयो ।
आजबाट सुरु भएको बुधबार सम्पन्न हुनेछ ।
---
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण