६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, भोलिदेखि तालिम
सारांश
- प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट गरिएको छ।
- निर्वाचन प्रहरीका लागि २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए, र १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ।
- प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्नेछ, जसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ।
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन् । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए ।
निर्वाचन प्रहरी चाहिए भन्दा थोरै दरखास्त परेका १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ । अपुग भएका जिल्लामा पुनः दरखास्त आह्वान गरिएको र ती जिल्लामा बुधवार लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशन गरिने डीआईजी काफ्लेले बताए ।
निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ । १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने छ ।
सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको पनि छनोट चलिरहेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको छनोट गरिरहेको छ । सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दैछ । प्रारम्भिक छनोट सकिएपछि उनीहरूलाई सशस्त्र प्रहरीले नै तालिम गराउने बताइएको छ ।
यसपटकको निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी गर्दैछ । त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।
प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको छ । सिआरएस चेक गर्दा अपराधमा संलग्न भएको वा फरार आरोपीबारे थाहा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण