सशस्त्रले निर्वाचन प्रहरी कसरी भर्ना गर्दैछ ?
सारांश
- प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ।
- प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्ने र यसका लागि ७ अर्ब १३ करोड बजेट सुनिश्चित गरिएको छ।
- सशस्त्र प्रहरीले आफ्नो कोटामा परेको १५ हजार निर्वाचन प्रहरी भर्ना जिल्ला सुरक्षा समितिमार्फत गर्ने निर्णय गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा परिचालन गर्ने गरी नेपाल प्रहरीले ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरेको छ । शुक्रबारदेखि प्रहरीले आफ्नो कोटामा परेको निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त लिन थालेको छ । यस पटकको निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्दैछ । त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।
यसपटक सशस्त्रले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ । माघ २४ मा प्रहरी प्रधान कार्यालयले एक्लै सूचना निकालेपछि सशस्त्रका उच्च अधिकृतहरू छक्क परे । निर्वाचन प्रहरी भर्नाको कार्यविधिमा संयुक्त रूपमा भर्ना लिने भनिएको थियो । निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र पहरी बल, नेपाल) कार्यविधि–२०८२ लाई गृहमन्त्री ओमप्रकाश अर्यालले पारित गरेका थिए ।
गृह मन्त्रालयबाट पारित कार्यविधि अनुसार दुवै सङ्गठनले संयुक्त सूचना निकाल्नुपर्ने सशस्त्रका अधिकृतहरू बताउँछन् । तर, प्रहरीले एकल सूचना प्रकाशन गरेपछि सशस्त्रका उच्च अधिकृतहरू गृह मन्त्रालयमा पुगेर त्यसबारे छलफल गरे । सशस्त्रको कार्य विभागका एआईजी गणेश ठाडा सहितका अधिकृतहरूले गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका हुन् ।
सशस्त्रले भर्ना गर्ने भनिएको १५ हजार ११० म्यादी प्रहरी कसरी भर्ना लिने भन्नेबारे मन्त्रालयमा छलफल भएको सशस्त्रका एक जना अधिकृतले रातोपाटीलाई बताए । सशस्त्रका अधिकृतहरूले प्रहरीले सूचना निकाल्दा गृह मन्त्रालयले बनाएको कार्यविधि प्रहरीले ‘बेवास्ता’ आरोप लगाए ।
मन्त्रालयसँग राय लिएर सशस्त्र प्रहरी आफ्नो कोटामा परेको १५ हजार निर्वाचन प्रहरीको भर्ना जिल्ला सुरक्षा समितिमार्फत गर्ने निर्णयमा पुगेको छ । सशस्त्रका एक जना उच्च अधिकृत भन्छन्, ‘जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर भर्ना प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।’
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सशस्त्रको कोटामा परेको निर्वाचन प्रहरी भर्नाबारे निर्णय लिने अधिकार दिइएको छ । ती अधिकृत भन्छन्– ‘जिल्ला तहमा कुनै निर्णय लिनुपरेमा जिल्ला सुरक्षा समितिबाट निर्णय गर्ने गरी गृह मन्त्रालयबाट सहमति आएको छ ।’
नेपाल प्रहरीले माघ १ सम्म दरखास्त लिने र त्यसपछि तालिम दिने कार्यतालिका प्रकाशन गरिसकेको छ । बिदाको दिन पनि दरखास्त लिने प्रहरीले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
सशस्त्र प्रहरीले परिचालन गर्ने निर्वाचन प्रहरी भर्नाबारे प्रक्रिया थालिएको छैन । मतदान स्थलको आधारमा जिल्लागत सङ्ख्या यकिन गरेर जिल्ला प्रशासन कार्यालयमा पठाइने र जिल्ला प्रशासनले सूचना प्रकाशन गर्ने सशस्त्रका एक जना उच्च अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण