निर्वाचन प्रहरीमा आवेदन दिने आज अन्तिम दिन, केही जिल्लामा समय थप
सारांश
- फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन प्रहरीमा आवेदन लिने अन्तिम दिन तोकिएको थियो।
- कास्की र स्याङ्जा जिल्ला प्रशासनले आवेदनको समय थप गरेको छ, किनभने आवश्यक संख्यामा आवेदन परेको थिएन।
- प्रवक्ताका अनुसार अहिलेसम्म १ लाख ६० हजारले आवेदन दिएका छन् भने २ लाख बढी आवेदन पर्ने अनुमान छ।
काठमाडौँ । फागुन २१ मा हुने निर्वाचनको लागि परिचालन गर्ने निर्वाचन प्रहरीको लागि आज अन्तिम दिन आवेदन लिइँदैछ । प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचना अनुसार बिहीबार साँझ ५ बजेसम्म आवेदन लिने भनिए पनि केही जिल्लामा आवेदन समय बिस्तार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की र स्याङ्जाले थप दुई दिन आवेदन लिने समय थप गरेर सूचना प्रकाशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार कास्की जिल्लालाई आवश्यक पर्नेभन्दा कम आवेदन परेको हुनाले गृह मन्त्रालयको निर्देशन अनुसार माघ ३ गतेसम्म आवेदन लिने समय थप गरिएको छ ।
त्यस्तै, निर्वाचन प्रहरीमा आवेदन दिने समय २ दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर कमल नेपालीले जानकारी दिए ।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अहिलेसम्म १ लाख ६० हजारले निर्वाचन प्रहरीमा भर्नाको लागि आवेदन दिएका छन् । रातोपाटीसँग कुरा गर्दै काफ्लेले भने- ‘आज पनि आवेदन दिने क्रम चलिरहेको छ, हामीले २ लाख बढी आवेदन पर्ने आकलन गरेका छौँ ।’
प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना लिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण