सामाजिक सञ्जाल नियमन गर्न ‘साइबर प्रहरी’ परिचालन
सारांश
- निर्वाचनमा सामाजिक सञ्जालबाट हुने दुष्प्रचार रोक्न सरकारले साइबर प्रहरी परिचालन गर्ने भएको छ।
- गृह मन्त्रालयले साइबर ब्युरोलाई सक्रिय बनाउँदै भोटाहिटीमा नियमन डेस्क खडा गरी निगरानी सुरु गरेको छ।
- निर्वाचन अवधिमा कसैले सामाजिक सञ्जालमा कसुरजन्य सामग्री प्रकाशन गरेमा कानुनी कारबाही हुनेछ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट हुनसक्ने दुष्प्रचार रोक्न सरकारले ‘साइबर प्रहरी’ परिचालन गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक अर्का उम्मेदवारहरू विरुद्ध दुष्प्रचार हुनसक्ने आकलन गर्दै त्यसलाई नियमन गर्न साइबर प्रहरी परिचालन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
त्यसका लागी गृह मन्त्रालयले प्रहरीको साइबर ब्युरोलाई क्रियाशील बनाएको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा नियमन डेस्क खडा गरेर सामाजिक सञ्जाल निगरानी सुरु गरिएको छ । निर्वाचन आयोगले पनि सामाजिक सञ्जाल मनिटर गर्न सफ्टवेयर बनाइरहेको छ । निगरानी गर्दा कसैले गलत र दुष्प्रचारजन्य सामग्री प्रसारण तथा प्रकाशन गरेको भेटिए जिल्ला प्रहरी कार्यालयहरूलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले डिपफेक कन्ट्रोल गर्न टेलिफोन सेवा प्रदायक कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरिएको बताए । उनले भने, ‘निर्वाचन अवधिमा कसैले सामाजिक सञ्जालमा कसुरजन्य सामग्री प्रकाशन, प्रसारण गरेमा कानुनी कारबाही हुन्छ ।’
गृह मन्त्रालयले साइबर प्रहरीको डेस्क जिल्ला प्रहरी कार्यालयमा बिस्तार गर्न प्रहरी प्रधान कार्यालयलाई भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण